यस्तो बन्यो ‘द ब्रेकअप’को पहिलो गीत ‘आज हाम्रो भेट भाको दिन’ (भिडियो)

यस्तो बन्यो ‘द ब्रेकअप’को पहिलो गीत ‘आज हाम्रो भेट भाको दिन’ (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपाली सिनेमा ‘द ब्रेकअप’को पहिलो गीत सार्वजनिक गरिएको छ । पुरानो सिनेमा ‘ज्वाला’को हिट गीत आज हाम्रो भेट भाको दिनको रिमेक हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार आशिरमान देशराज जोशी, शिल्पा मास्के, इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाललाई फिचर्ड गरिएको छ ।

‘ज्वाला’ सिनेमाको उक्त गीतमा बुद्धवीर लामाको शब्द र शिला बहादुर मोक्तानको संगीत तथा आशा भोस्ले र उदितनारायण झाले स्वर दिएका थिए । यहि गीत ‘नयाँ भर्सन’मा आउँदा यो गीतमा बिराज गौतम र मेलिना राईको स्वर छ, गीतको एरेञ्ज ब्रिजेश श्रेष्ठले गरेका छन् । ‘ज्वाला’को उक्त गीतमा कम्मर मर्काएका अभिनेता सरोज खनालले संयोगबस यो पटक पनि यो गीतमा कम्मर मर्काउने अवसर पाएका छन् ।यो गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

हेमराज बिसीको निर्देशनमा निर्माण भएको सिनेमामा रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसी लगायतको संयुक्त लगानी रहेको छ । नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको सिनेमाको कथा तथा पटकथा पनि निर्देशक बिसीले नै तयार पारेका हुन्। सिनेमामा सरोज खनाल, आशिरमा देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की, लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । आगामी पौष २७ बाट प्रदर्शनमा आउने सिनेमामा सुरेन्द्र पौडेलले सम्पादन, नरेन्द्र मैनालीको छायाँकन रहेको छ ।