रुद्रप्रिया: ‘घरि घरि आउँछ तिम्रो याद…’ सुन्नुहोस् मन छुने गीत (भिडियो)

रुद्रप्रिया: ‘घरि घरि आउँछ तिम्रो याद…’ सुन्नुहोस् मन छुने गीत (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । कार्तिक २ गते रिलिज हुने सिनेमा ‘रुद्रप्रिया’को रिलिकल गीत सार्वजनिक गरिएको छ । यसअघिको डान्सिङ नम्बरबाट सफलता हात पारेपछी निर्माण टिमले स्याड भर्सनको गीत रिलिज गरेको हो ।

‘घरि घरि आउँछ तिम्रो याद…’ बोलको गीतका शब्द दर्दनाक, मन छुने खालका छन् । सुरेश अधिकारीको शब्द/संगीतमा तयार भएको गीतमा बनिका प्रधानको स्वर छ । रेखा थापा फिचरिङ गीतको भिडियोलाई हिमग्याप लामा (टासी)ले खिचेका हुन् । गीतमा चन्दन दत्तको सम्पादन छ ।

सुदीप बबी भुसाल सिंह निर्देशित सिनेमा रेखा थापा र आर्यन सिग्देलले अभिनय गरेका कारण प्रतिक्षित छ । अर्जुन पोखरेल/राजनराज सिवाकोटीको संगीत रहेको सिनेमामा राजन इशानको पनि अभिनय छ । रेखा थापाको प्रस्तुति रहेको सिनेमाका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन् ।