डेब्यु समाचारप्रति तेरियाको खण्डन

डेब्यु समाचारप्रति तेरियाको खण्डन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भारतीय डान्स रियालिटी शो ‘डिआइडी सिजन ३’ विजेता तेरिया फौंजा मगरले नेपाली सिनेमामा डेब्यु गर्ने समाचारले केहि संचारमाध्यममा प्राथामिकता पाए ।

‘पटुकी’ निर्देशक म्याकटेन कालुले निर्देशन गर्ने ‘माया मोल’ नामक सिनेमामा अनुबन्धित भएको समाचारलाई तेरियाले खण्डन गरेकी छन् ।

उनले आफ्नो आधिकारिक फेसबुक पेजबाट अहिले कुनै पनि सिनेमामा अनुबन्धित नभएको भन्दै भ्रामक समाचारले आफ्नो ध्यानाकर्षण भएको बताएकी छन् ।

उनि लेख्छिन ‘बिभिन्न समाचार माध्यममा आइरहेको भ्रामत्मक समाचार प्रती मेरो ध्यानाकर्सन भयको छ । म आजका दिन सम्म कुनै पनि फिल्म का लागि अनुबन्धित भयकी छैन । साथै म फिल्म खेल्ने तयारिमा पनि छैन ।
झुटो समाचारले मेरा शुभचिन्तक हरुमा पलायको उत्साह र निरासा प्रती क्षमा याचना गर्न चाहन्छु ।

सत्य तथ्य कुरा नबुझी समाचार नबनाइदिनु हुन सम्पूर्णलाई अनुरोध गर्दछु ।’