करीना कपूरकी आमालाई दुई वर्षको जेल !

करीना कपूरकी आमालाई दुई वर्षको जेल !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । टिभी शो कुबुल हे र सिनेमा बजरंगी भाइजानमा अभिनेत्री करीनाकपूर खानको आमाको भूमिका निर्वाह गरिसकेकी अलका कौशललाई २ वर्षको जेल सजाय सुनुवाई भएको छ ।

५० लाख चेक बाउन्स गरेको आरोपमा कौशल र उनकी आमालाई २ वर्षको जेल सजाय सुनाईएको हो । यी दुईले एक टिभी सिरियलमा लगानी गर्न ५० लाख ऋण लिएका थिए । पछी कैशलले २५/२५ लाखको चेक दिएकी थिइन् ।

तर, दुवै चेक बाउन्स भएपछी उनको खिलाफ मालेरकोटालामा मुद्दा दर्ता भएको थियो । करिब २ वर्षसम्म चलेको मुद्दामा पंजावको संगरुर अदालतले कैशल र उनकी आमालाई २ वर्षको जेल सुनुवाई गरेको हो ।