‘टिनएज’मा समावेश फ्यामिली गीत ‘मेरी छोरी’ रिलिज

‘टिनएज’मा समावेश फ्यामिली गीत ‘मेरी छोरी’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ  – दिनेश पाख्रिनले निर्माण तथा निर्देशन गरेको सिनेमा ‘टिनएज’मा समावेश फ्यामिली गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा राजेश पायल राई, टिका प्रसाई र दर्शना महर्जनको स्वर रहेको छ । श्रावण २५ गतेबाट रिलिज हुने सिनेमाको गीतमा विकाश चौधरीको संगीत रहेको गीतको शब्द हरि उप्रेतीले लेखेका हुन् ।

टिनएज युवापुस्ताको वास्तविक कथा समेटिएको सिनेमामा नरेशविर सिंह, एन्जीला खड्का, प्रतिक्षा खड्का, सरोज शाह, कृष्ण सिवाकोटी, सरिता राज उप्रेती, निर्मल स्याङतान, रेशम फिरीरी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

हेलेन पाख्रिन फिल्मस्को व्यानरमा हेलेन पाख्रिनको प्रस्तुतीमा रहेको सिनेमामलाई बिरु मगर , बुद्धिमान स्याङतान , चिनिमाया पाख्रिन र देबिका खड्गीले सयुक्त रुपमा निर्माण गरेका हुन् ।