साउन अन्तिममा ‘टिनएज’

साउन अन्तिममा ‘टिनएज’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘टिनएज’ले प्रदर्शन मिति तय गरेको छ । दिनेश पाख्रिन निर्देशित सिनेमा अब श्रावण २५ मा रिलिज हुनेछ ।

युवापुस्ताको कथामा निर्मित सिनेमा नेपाल अगाडी जापान र कोरियामा प्रदर्शन हुने बताइएको छ । सिनेमामा नरेश बिर सिं, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाह, निर्मल स्याङतान, रेशम फिरिरी लगायतका कलाकारको अभिनय छ ।

हेलेन फिल्मसको व्यानरमा हेलेन पाख्रिनको प्रस्तुति रहेको ‘टिनएज’मा विकास चौधरी/बसन्त सापकोटाको संगीत, जनक कार्की र दीपक सिंको कोरियोग्राफी छ ।

सिनेमालाई बिरु मगर, बुद्दिमान स्याङतान, निमाया पाख्रिन र देविका खड्गीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।