‘तान्द्रो’ : गीत रिलिज (भिडियो)

‘तान्द्रो’ : गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं –दयाहाङ्ग   राईको मुख्य भूमिका रहेको सिनेमा ‘तान्द्रो’को गीत रिलिज भएको छ । कार्तिक २४ गतेबाट प्रदर्शनमा आउने सिनेमाको ‘अब मलाई बिदा देउ’ बोलको गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा टिसुजिल कर्माचार्यको संगीत रहेको छ । १२ वर्षे माओवादी युद्धकालका घटनालाई मुख्य बिषय बस्तु बनाइएकोे सिनेमा ‘तान्द्रो’ ले विभिन्न अन्तर्राट्रिय फिल्म महोत्सबमा सहभागीता जनाइसकेको छ ।सिनेमामा दयाहाङ्ग सँगै रामबाबु गुरुङ, बुद्धी तामाङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतको अभिनय रहेको छ । ‘ब्ल्याक हर्स पिक्चर्स’ र ‘सिनेमा आर्ट’को व्यानरमा निर्माण भएको सिनेमालाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । सिनेमामा पुरुषोत्तम प्रधानको छायांकन, कुमार महर्जनको द्वन्द्व, उपेन्द्र सुब्बाको कथा, रामबाबु गुरुङको संवाद रहेको छ । सिनेमामा शतिस कुमार गौतमको लगानी रहेको छ ।