१० वर्षपछि ‘तानाजी’ मा सँगै देखिँदै अजय-काजोल ?

१० वर्षपछि ‘तानाजी’ मा सँगै देखिँदै अजय-काजोल ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ – गएको वर्ष बलिउड सुपरस्टार अजय देवगनले आफ्नो ड्रिम प्रोजेक्ट ‘तानाजी : द अनसंग वारियर’ को घोषणा गरेका थिए । अजयको प्रोडक्सन हाउसमा बन्न लागेको यो सबैभन्दा महंगो सिनेमा हुनेछ । यो सिनेमामा हाई क्वालिटीको भिजुअल इफेक्ट्स हुनेछ, जसका कारण यसको बजेट करीब १५० करोड हुने पूर्वअनुमान गरिएको छ ।

अजय सिनेमामा तानाजीको भूमिकामा देखिनेछन् । ओम राउतले निर्देशन गर्ने ‘तानाजी’ को कहानी छत्रपति शिवाजी महाराजको कोली सेनाका प्रमुख तानाजी मालुसरेको जीवनको वरिपरि घुम्छ । सिनेमामा बलिउडका चर्चित कलाकारहरुको अभिनय रहने खबर छ । भारतीय मिडियाका अनुसार, ‘तानाजी’ मा अजयको अपोजिटमा अभिनेत्री काजोल हुन सक्नेछिन् ।

काजोल सिनेमा गर्न राजी भए उनी तानाजीको पत्नीको भूमिकामा हुने छिन् । यो एक वार सिनेमा हो, यसमा मराठा योद्धा तानाजी र उनकी पत्नीको सम्बन्ध देखाइने छ । काजोलका लागि यो भूमिका सहज भने हुनेछ किनकी उनी मराठी भाषा राम्रोसँग जान्द छिन् ।