‘कमले’ बन्दा यस्तो देखिए अनुपविक्रम (भिडियो)

‘कमले’ बन्दा यस्तो देखिए अनुपविक्रम (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेता अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको फिल्म ‘कमलेको विहे’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ‘टाकान टुकुन’ बोलको गीत सार्वजनिक गरियो ।

सार्वजनिक गीतमा अनुपविक्रम नयाँ नियमित भन्दा भिन्न लुक्समा देखिएका छन् । राजनराज सिवाकोटीको शब्द/संगीतमा सजिएको गीतमा माण्डवी त्रिपाठी र संगीतकार स्वयम्को स्वर समावेश छ । गीतमा दीपकमान सिंहको कोरियोग्राफी रहेको छ । महेश दवाडीको पटकथा/संवाद रहेको फिल्मलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा विदुर पाण्डेको छायांकन र दीपक विष्टको लगानी छ । दीपक विष्टलाई लगानीमा सुनिल विष्ट र मिलन लामाले सघाएका छन् ।

रिलिज मिती तय नभैसकेको फिल्ममा अनुपविक्रमसंगै सन्ध्या केसी, विनोद न्यौपाने, इशान ढकाल, किरन लाकौल, दीपक पहाडी लगायतका कलाकारको अभिनय छ ।