स्वेताको माँझी बस्तिलाई २० लाख सहयोग

स्वेताको माँझी बस्तिलाई २० लाख सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री स्वेता खड्काले निर्माण थालेको नमुना माँझी बस्तिलाई बंगलादेशको स्थापित ढाका क्लबले सहयोग गरेको छ । स्वेताश्री फाउन्डेसनलाई मंगलबार क्लबका कार्यकारी अधिकृत जाहिरुल आलिमले २० लाख सहयोग हस्तान्तरण गरे ।

सिनेमा ‘कान्छी’को लागि राजधानी बाहिर रहेकी स्वेताले रकम हस्तान्तरण कार्यक्रममा उपस्थित हुन् सकिनन् । फाउन्डेसनका लागि सल्लाहकार प्रेम खत्रीले रकम ग्रहण गरे । २०७२ सालमा आएको भूकम्पले सिन्धुपाल्चोकको माँझी बस्ति क्षतविक्षत भएको थियो । अहिलेसम्म फाउन्डेसनले बनाउँने ५६ घर मध्ये १० घरको जग उठाईसकिएको छ ।