सहयोगीलाई स्वेताको सम्मान

सहयोगीलाई स्वेताको सम्मान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सिन्धुपाल्चोक जिल्लास्थित पहरी बस्ती निर्माणका लागि सहयोग गर्ने सहयोगीहरुलाई अभिनेत्री स्वेता खड्काले सम्मान गरेकी छन् । स्वेताश्री फाउन्डेसनको कार्यालयमा स्वेताले आफ्नो अभियानमा हात मिलाउने ६ जनालाई सम्मान पत्र दिदै सम्मान गरिन ।

फाउन्डेसनलाई अमेरिकाबाट  श्री पराजुलीले तिन लाख, काभ्रेकी शान्ता डाँगीले एक लाख,  सामाखुसीकी शान्ता बस्नेतले पचास हजार, जापानबाट आरोही सुवेदीले पचास हजार,  हाल कोरिया बस्ने काठमाण्डौं अनामनगरका ब्रजेश श्रेष्ठले पच्चीस हजार एक सय र श्वेताश्री फाउण्डेशनको कार्यालयका लागि आइटी केयर सोलुसनले एक थानकम्प्युटर सहयोग गरेका थिए ।

आउँदो दुई साता भित्र बस्तीको शिलान्यास हुने जानकारी दिदैं श्वेताले प्राप्त सहयोग रकम पारदर्शी होस् भनेर सहयोगीलाई सम्मान गरेको बताइन् । उनले भनिन्, ‘सहयोग गर्नेलाई पनि केही प्रमाण होस् भनेर हामीले सम्मान पत्र दिएका हौं । हामीलाई सहयोग गर्ने हरेकलाई हामी सम्मान गर्छौं । जसले प्राप्त सहयोगको पारदर्शीता पनि देखाउँछ ।’

पहरी बस्तीमा ६३ घरधुरी सहित बाल बगैंचा, बाटो, बायो ग्याँस र चौतारा निर्माण हुनेछन । जसको लागि ५ करोड ४२ लाखको बजेट अनुमान गरिएको छ । सरकारले अनुदान दिने तीन लाख र बाँकी बस्ती बनाउन लाग्ने रकम सहयोगीबाट जुटाउने श्वेताले लक्ष्य राखेकी छिन् । उनले देश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी मनलाई बस्ती निर्माणमा सहयोग गर्न आग्रह गरिन् ।