स्वर्गीय श्रीकृष्णको नाममा स्वेताले गरिन् सामाजिक संस्थालाई सहयोग

स्वर्गीय श्रीकृष्णको नाममा स्वेताले गरिन् सामाजिक संस्थालाई सहयोग

द सिनेमा टाइम्स
0
Shares

अभिनेता स्वर्गीय श्रीकृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ, उनको जन्म दिन पारी पत्नी श्वेता खड्काले सामाजिक संस्थालाई सहयोग गर्दै उनलाई याद गरेकी छिन् । स्वेताले घर आँगन नामक सामाजिक संस्थालाई निर्देशक/अभिनेत्री दिपाश्री निरौला मार्फत १ लाख ५० हजार सहयोग गरिन ।

उक्त सहयोग राकमको चेक संस्थाका अध्यक्ष दीपक सिलवाललाई उनीहरुले हस्तान्तरण गरे । बिहिबार दरबार मार्गमा स्वेताले आफै संचालन गरिरहेको हिमालय जाभा कफी सपमा एक जमघट गर्दै उक्त संस्थालाई आर्थिक सहयोग गरेकी हुन् । रकम हस्तान्तरण गर्दै श्वेताले भनिन्, ‘उहाँले यसरी नै आफ्नो जन्मदिनमा सामाजिक सेवा गर्नु हुन्थ्यो । मैंले उहाँको चाहनालाई निरञ्तरता दिएको हुँ ।’

श्वेताको सामाजिक कार्यको प्रशंसा गर्दै दीपाले पनि स्व.अभिनेता श्रीकृष्णलाई कहिल्यै नर्बिसिने बताइन् । ४७ वर्षिय श्रीकृष्णको गत ०७१ सलमा निधन भएको थियो ।