‘बुलबुल’मा स्वस्तिमा टेम्पो चालक बन्ने

‘बुलबुल’मा स्वस्तिमा टेम्पो चालक बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – स्वस्तिमा खड्काको मुख्य भूमिका रहनेगरि सिनेमा ‘बुलबुल’ घोषणा भएको छ । स्वस्तिमा सिनेमा भित्र टेम्पो ड्राइभरको भूमिकामा प्रस्तुत हुनेछिन । यस सिनेमाका लागि स्वस्तिमाले झन्डै २ महिना टेम्पो सिकेको बताइन ।
विनोद पौडेलको डेब्यु निर्देशन रहने सिनेमामा मुकुन्द भुषाल, लक्ष्मी वर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डे लगायतका कलाकारको पनि अभिनय रहनेछ । निर्देशक पौडेलकै कथा, पटकथा ‘बुलबुल’मा छ । कथाको माग अनुसारनै सिनेमाको नाम र पात्र चयन गरिएको निर्देशकले बताए । बुलबुल एक इरानी चरा हो । जो राती गीत गाउँदै हिड्छ । यो चरालाई गजलको प्रतिक पनि मानिन्छ ।
राजु पौडेल, पुरुषोत्तम पाण्डे, अविरल थापा र भिम थापाले संयूक्त रुपमा निर्माण गर्ने सिनेमामा सुजन प्रजापतिको छायाँकन रहनेछ । सिनेमाको अहिले वर्कसप चलिरहेको छ ।