‘स्वर्ग मेरो गाउँ’लाई माघमा हेर्न पाईने !

‘स्वर्ग मेरो गाउँ’लाई माघमा हेर्न पाईने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘हमेशा’ डेब्यु ब्वाय नरेन खड्का अभिनित सिनेमा ‘स्वर्ग मेरो गाउँ’को प्रदर्शन मिति कन्फर्म गरिएको छ । सिनेमालाई माघ १२ गते सार्वजनिक प्रदर्शन ल्याइने निर्माता तथा निर्देशक रामकृष्ण बजगाईंले जानकारी दिए ।

आफ्नो गाउँलाई स्वर्ग बनाउँन लागि परेका युवाहरुको कथामा निर्मित सिनेमामा नरेनका अलावा रामकृष्ण बजगाईं, भावना गुरुङ, शक्शी लम्साल, सुजाता थापा, अष्ट महर्जन लगायतका कलाकारको अभिनय छ । अभिनेता नरेनले ‘स्वर्ग मेरो गाउँ’बाट आफ्नो फिल्मी करिअर उकालो लाग्नेमा आशावादी रहेको बताए । उनले भने, ‘यसपटक गाउँले युवकको भूमिकामा देखिँदैछु । राम्रो फिल्म बनेका कारण दर्शकले मनपराउनुहुन्छ भन्नेमा ढुक्क छु ।’

नरेनको यो वर्ष सिनेमा ‘मन्दिरा’ प्रदर्शनमा आएको थियो । जसको व्यापार दयनीय रह्यो । नरेनले अभिनय गरेका ‘परदेशी’ र ‘हमेशा’ भने हिट सिनेमा हुन् । पवन गौतमले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । गोविन्द राई फिल्मका कोरियोग्राफर हुन् । ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर र पोस्टर शुक्रवार सार्वजनिक हुँदैछ ।