सुस्मिताको आत्मआलोचना, उत्सबसँग मागिन माफ

सुस्मिताको आत्मआलोचना, उत्सबसँग मागिन माफ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सिने पत्रकार उत्सब रसाईली (रमाईलो छ) लाई सामाजिक संजालमा अपशब्द सहितको गालीगलौज र कुटपिट गर्ने धम्की दिएकी अभिनेत्री सुस्मिता केसीले आत्मआलोचना गर्दै माफी मागेकी छन् ।

महानगरीय प्रहरी प्रभाग टेकुमा उत्सब रसाईलीले जातीय, लैंगिक हिँसा र कुटपिट गर्ने धम्की दिएकी सुस्मिता विरुद्द निवेदन दिएका थिए । अन्तत: सुस्मिता केसी बिहिबार टेकु पुगेर, उत्सब रसाईलीलाई आइन्दा देखि त्यस्ता खालका धम्की, हिँसा नदिने भन्दै माफी मागेकी छन् ।

सिने पत्रकार र प्रहरीसमक्ष सुस्मिताले लिखित रुपमा माफी मागेकी हुन् । उत्सब र स्वस्तिका चिलुवाललाई सुस्मिताले सामाजिक संजालमा गालीगलौज तथा धम्की दिएपछी चलचित्र पत्रकार संघ नेपालले लिखित माफी मागको प्रेस विज्ञप्ति जारी गरेको थियो ।