‘सुश्री सम्पति’को ट्रेलर रिलिज (भिडियो)

‘सुश्री सम्पति’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंसिर २८ गतेबाट रिलिज हुने सिनेमा ‘सुश्री सम्पति’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा बेरोजगार दुई युवाले सुश्री सम्पत्ति पाउनको लागी गरिने संघर्षको कथालाई देखाइएको छ । सार्वजनिक ट्रेलरमा सिनेमाका मुख्य पात्रहरु सलोन बस्नेत , सारा सिर्पाली , बिनोद न्यौपाने , प्रमोद अग्रहरी र राजाराम पौडेलको वरिपरि सिनेमाको कथा घुमेको छ ।

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको सिनेमामा विशारद बस्नेत, सुनिता श्रेष्ठ ठाकुर लगायतका कलाकारहरुको पनि मुख्य भुमिका रहेको छ भने प्रियंका कार्की सिनेमामा विशेष भूमिकामा रहेकी छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । सिनेमाको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।

अभिमन्यू निरवी र निर्देशक आचार्यको पटकथा तथा संवाद रहेको सिनेमाको स्क्रिनप्ले अभिमन्यू निरवीकै रहेको छ । सिनेमामा सुरेश अधिकारीको संगीत, कविराज गहतराज र गम्भिर बिष्टको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन, भरत रेग्मीको सम्पादन रहेको छ ।