सलोन, सारा र बिनोद स्टारर ‘सुश्री सम्पत्ती’ पोस्टर सार्वजनिक

सलोन, सारा र बिनोद स्टारर ‘सुश्री सम्पत्ती’ पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंसिर २८ गतेबाट रिलिज हुने सिनेमा ‘सुश्री सम्पति’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका तिन पात्र सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपानेलाई फिचर्ड गरिएको छ । यीनै मुख्य तिन पात्रकै वरिपरी सिनेमाको कथा घुमेको भएकोले पनि पोस्टरपनि यिनहरुमै फोकस छ । पोष्ट प्रोडक्सनमा रहेको सिनेमाको ट्रेलर एक साता भित्र नै रिलिज हुने निर्माण पक्षले जनाएको छ ।रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको सिनेमामा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपानेका अलवा राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठाकुर लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ भने प्रियंका कार्की सिनेमामा विशेष भूमिकामा छिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । सिनेमाको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद रहेको सिनेमाको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । सिनेमामा सुरेश अधिकारीको संगीत, कविराज गहतराज र गम्भिर बिष्टको कोरियोग्राफी, शिवराम थापा र अर्जुन तिवारीको छायाँकन, भरत रेग्मीले सम्पादन रहेको छ । सिनेमालाई उपत्यकामा बिके फिल्मस्का गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।