‘सुश्री सम्पति’ जापान, युरोप र दक्षीण कोरिया छिटै प्रदर्शन हुने !

‘सुश्री सम्पति’ जापान, युरोप र दक्षीण कोरिया छिटै प्रदर्शन हुने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारदेखि रिलिज हुने सिनेमा हो ‘सुश्री सम्पति’ । पछिल्लो समय नेपाली सिनेमा नेपाल रिलिजसँगै सिनेमाको विदेश प्रदर्शन पनि राम्रो हुन थालेको छ । विदेशमा हुने नेपाली सिनेमाको शोले नेपाली सिनेमाको व्यवसायिक जोखिमलाई निकै कम गरेको छ । यसैक्रममा शुक्रबार अर्थात् मंसिर २८ मा रिलिज हुने सिनेमा ’सुश्री सम्पति’को सार्वजनिक गीत, संगीत र ट्रेलरले पाइरहेको हाइपकै कारण सिनेमा जापान , दक्षिण कोरिया र युरोप प्रदर्शन अधिकारी विक्री भैसकेको छ ।

सिनेमालाई जापान र कोरियोको लागि सुर्य कर्पोरेसनका बासुदेव लामिछाने र युरोपको लागि सुरज कार्कीले प्रदर्शनको अधिकार लिएका छन् । नेपाल रिलिजको केहि दिनमा युरोपको विभिन्न सहर तथा जापान र कोरियो सिनेमा प्रदर्शन हुनेछ । दुई युवालले सुश्री सम्पतिको पछाडी लाग्नुको कारण र प्राप्तिको लागि गरिने संघर्षलाई देखाइने सिनेमामा सलोन बस्नेत , सारा सिर्पाली , बिनोद न्यौपाने , प्रमोद अग्रहरी र राजाराम पौडेल, रोशनी कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको सिनेमामा प्रियंका कार्कीको विशेष भूमिका रहेको छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । सिनेमाको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको पटकथा तथा संवाद रहेको सिनेमाको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । सिनेमालाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।