कथाले छोएर ‘प्रसाद’ लेखें: सुशील पौडेल

कथाले छोएर ‘प्रसाद’ लेखें: सुशील पौडेल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा लेखक मात्र होइनन्, समीक्षक र रंग पत्रकार पनि हुन् सुशील पौडेल । लामो समयदेखि यो क्षेत्रसँग नजिक रहेका पौडेलले लेखेको पहिलो सिनेमा ‘प्रसाद’ यतिबेला रिलिजको क्रममा छ ।

निःसन्तान दम्पतिको कथालाई उठान गरेको  यो सिनेमा आउँदो मंसिर २१ गतेबाट सिनेमाघरमा प्रदर्शन हुँदैछ ।भनिन्छ, एउटा राम्रो सिनेमा बन्नका लागि कथा बलियो हुनुपर्छ, कथामा द्वन्द्व पनि हुनुपर्छ ।

जसले दर्शकमा ‘अब के होला’ भन्ने कौतुहलता जगाउन सकोस् ।‘प्रसाद’ को ट्रेलरले दर्शकमा त्यही कौतुहलता छोडेको छ । कथाको हिसाबले सशक्त भनेर दर्शकले अनुमान गरेको यो सिनेमाको कथा कसरी लेखिए होला त?

सिनेमाका लेखक सुशील पौडेलले सिनेमाको कन्सेप्ट आफूले स्कूल  पढ्दाताका फुरेको बताउँछन् ।  तर, उनलाई तत्कालीन समयमा त्यो कथाले दर्शकलाई छुँदैन कि लाग्यो ।‘यो कथा जब मेरो दिमागमा फु¥यो, त्यतिबेला मेरो दिमागलाई ह्याङ बनाएको थियो , अहिलेको समाजमा पनि त्यो कथा मिल्छ, समाजको सोच्ने दायरा केही फरक भने भएको छ,’ लेखक पौडेलले भने, ‘अहिलेको समाज त धेरै परिष्कृत भइसक्यो, त्यतिबेला त यो कथा अरुलाई सुनाउँदा पनि के सोचेको यस्तो भन्लान भन्ने लागेको थियो ।

’सुशील भन्छन्, ‘यो कथा मेरो दिमागमा ह्याङ भएर बसिरहेको थियो, कसलाई सुनाऊँ भन्ने चाहिँ बनाइरहेको थियो ।’उनले निर्देशक दिनेश राउतलाई एकदिन सिनेमाको कथा सुनाए । उक्त कथा सुनेपछि निर्देशकले पनि चासो देखाएर सिनेमा बनाउने तयारी गरेको पौडेल बताउँछन् ।

‘लै लै’ र ‘वनकी चरी’ बाट पनि राम्रो प्रशंसा बटुलेको यो सिनेमा यतिबेला चर्चामा छ । सिनेमामा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेतको मुख्य भूमिका छ ।  सिनेमामा निश्चल बस्नेत द्वन्द्वलाई अझ मलजल गराउने नेगेटिभ क्यारेक्टरको भूमिकामा छन् भने विपिन र नम्रता पतिपत्नीको भूमिकामा छन् । दिनेश राउतले ‘प्रसाद’ लाई निर्देशन गरेका हुन् ।