‘सुर्के थैली’मा २ करोड !

‘सुर्के थैली’मा २ करोड !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ। २३ महिना अगाडी युट्युबमा सार्वजनिक भएको गीत ‘सुर्के थैली’ले २ करोड भ्युको माइलस्टोन पार गरेको छ । सिनेमा ‘वडा नम्बर ६’मा समावेश यो गीतले गत वर्ष नेपाली संगीतको इतिहास रच्दै १ करोड भ्यु पार गरेको थियो ।

राजनराज सिवाकोटीको शब्द/संगीत समावेश गीतमा राजनराज सिवाकोटी, अन्जु पन्त र राजु विश्वकर्माको स्वर समावेश छ । गीतको भिडियोमा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, दयाहाङ राई, केदार घिमिरे, रन्जिता गुरुङ शंकर विसीले नचाएका छन् ।

दुई वर्ष अगाडी प्रदर्शनमा आएर हिट बनेको यो सिनेमालाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । ‘सुर्के थैली’ गीतको सफलताले पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा लोक लयमा गीत/संगीत निर्माण भैरहेका छन् ।