नेपाली सिनेमामा ‘आइटम डान्स’ गर्दै सन्नी लियोनी

नेपाली सिनेमामा ‘आइटम डान्स’ गर्दै सन्नी लियोनी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउडकी बोल्ड एण्ड ब्युटी नायिका सन्नी लियोनीले नेपाली सिनेमाको एउटा आइटम गीतमा कम्मर मर्काउने भएकी छिन् । ‘ह्याप्पी डेज’का निर्माता विक्की जोशीले निर्माण गर्ने सिनेमा ‘पासवर्ड’मा उनले महंगो पारिश्रमिक लिएर आइटम गीतमा नृत्य गर्न तयार भएकी हुन् । द सिनेमा टाइम्सलाई प्राप्त जानकारी अनुसार उनलाई ५० लाख भारतीय रुपैँयामा उनलाई साइन गराइएको हो ।

निर्माण टिमका अनुसार अहिलेलाई सन्नीले आइटम गीतका लागी मात्रै साइन गराइएको छ । सिनेमाको छायांकन सुरु भए पश्चात निर्माण टिमको आग्रह मानेको खण्डमा ४/५ सिन खेल्न सक्ने श्रोतले बताएको छ । त्यो पनि सन्नीले अनुमती दिए पश्चात गेष्ट अपेरियन्सको लागी सिन थपिने छ । यो सिनेमाको सम्पुर्ण छायांकन लण्डनमा गरिनेछ ।

बलिउड र नेपाली सिनेमाको सहकार्यमा यो सिनेमा निर्माण हुनेछ । सन्नी लियोनीको आइटम रहने सिनेमामा नायक अनुप विक्रम शाही, छुल्ठिम गुरुङ, रविन्द्र झा प्रविण खतीवडा लगायतका कलाकारको मुख्य भुमिका रहने छ । अगष्ट २५ बाट छायांकन सुरु हुने सिनेमाको छायांकनका लागी प्राविधिक सहितको टोली केहि दिनमा लण्डन उड्ने तयारी गरिरहेको छ ।