‘सुनकेसरी’मा ऋचाको यस्तो हरर रुप !

‘सुनकेसरी’मा ऋचाको यस्तो हरर रुप !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता अर्पण थापाले निर्देशन गरेको नयाँ सिनेमा ‘सुनकेसरी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

धेरै जसो अस्ट्रेलियामा छायाँकन गरिएको सिनेमाको पोस्टरमा ऋचा शर्मा डरलाग्दो अवतारमा प्रस्तुत भएकी छन् । यसअघि निर्माण टिमले एक बालिका फिचरिङ पोस्टर सार्वजनिक गरिसकेको थियो । अस्ट्रेलियाका भिम न्यौपाने र ऋचा शर्माले निर्माण गरेको सिनेमाको बजेट झन्डै २ करोड बताईएको छ ।

तिन पात्रहरुको भुतप्रेतसँग हुने चहलपहल माथि निर्माण भएको हरर सिनेमामा ऋचाका अलावा रविन्द्र झा, सन्नी ढकाल र भिम न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

अस्ट्रेलियन प्राविधिकहरु समेटेर निर्माण गरिएको सिनेमाको सहनिर्मातामा शर्मिला सापकोटा/धर्मराज अधिकारी र कार्यकारी निर्मातामा मनोज अधिकारी/अर्पण थापा रहेका छन् । रिलिज मिति तय नभैसकेको यो सिनेमा अहिले सम्पादन कक्षमा छ ।