‘शेरबहादुर’ सुनिल थापाको लागी ‘माइलस्टोन’ !

‘शेरबहादुर’ सुनिल थापाको लागी ‘माइलस्टोन’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – माघ १९ देखि अलनेपाल प्रदर्शनमा आउन लागेको ‘शेरबहादुर’ हलिउडबाट प्रभावित रहेको बनाईएको निर्माण टिमले खुलासा गरेका छन् ।

राजधानीमा एक प्रेसमिट गर्दै हलिउडको सिनेमाबाट ‘शेरबहादुर’ प्रभावित भएपनि उक्त सिनेमा भन्दा राम्रो बनेको शिर्ष कलाकार सुनिल थापाले जानकारी दिए । तर, उक्त हलिउड सिनेमाको नाम भने खुलाईएन ।

‘शेरबहादुर’मा सुनिलले एक अवकासप्राप्त अन्धो आर्मीको भूमिका निर्वाह गरेका छन् । उनले भने ‘शेरबहादुर’ मेरो लागी ‘माइलस्टोन’ सावित हुनेछ ।

एक गीत र टिजर सार्वजनिक भैसकेको सिनेमाले प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारको गति बढाउदै छ ।

आर राजबंशी निर्देशित सिनेमामा सुनिल थापा, कर्म, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । धिरज प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा गौरीशंकर धुन्जु र धिरज राजबंशीको लगानी छ । सिनेमामा कोशिस क्षेत्रीको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र प्रमोद क्षेत्रीको लेखन छ ।