‘सुनिल रावल काण्ड’: समाप्ति या मध्यान्तर ?

‘सुनिल रावल काण्ड’: समाप्ति या मध्यान्तर ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सुनिल रावल नाम पछिल्लो दुई साताका लागि सिने क्षेत्रमा सर्वाधिक लिईएको नाम हो । असार ३० गते प्रदर्शनमा आएको सिनेमा ‘सायद २’ असफल भएपछी निर्माता सुनिल रावलको नाम नकारात्मक चर्चाले सबैको मुखमा झुण्डीरहेको छ । यति बेला उनलाई आफ्नै कलाकार माथि दुर्व्यवहार गरेको आरोप छ ।

‘सायद २’ले बक्सअफिसमा फितलो प्रदर्शन गरे पछी निर्माताले दर्शकका लागि भनेर फेसबुक लाइभ गरे। फेसबुक लाइभमा दर्शकका सकारात्मक/नकारात्मक कमेन्ट झेल्नु पर्यो । फेसबुक लाइभबाटै निर्माताले आउँने दिनहरुमा नयाँ कलाकारहरुलाई आफ्नो व्यानरमा ढोका बन्द गरिएको उद्घोष गरे । सिनेमा असफल हुनुको सबै कारण नयाँ कलाकारको टाउकोमा थुपारे । साथै एक अन्तर्वार्तामा आफ्नो १ करोडमा नयाँ कलाकारले मस्ती गरेको समेत आरोप लगाएपछी सिनेमाकी मुख्य अभिनेत्री स्यारोन श्रेष्ठले प्रेसमिट गरेर निर्माताको चरित्रमा आरोप लगाइन ।

https://youtu.be/lm3ocj26oXU

सुनिल रावलले छायाँकनताका आफुलाई नराम्रो गतिविधिबाट सताएको आरोप लगाइन । ‘गर्लफ्रेन्ड बनाउँछु, ईयरहोस्टेज बनाईदिन्छु, लगायतका प्रलोभन देखाएर ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेको आरोप लगाएपछी सिने क्षेत्र तरंगित भयो । मिडियामा समाचार छ्यापछ्याप्ती भएपछी सुनिल रावल र पत्नी दुर्गिस थापाले अन्तर्वार्ताको माध्यमबाट स्यारोनले लगाएको आरोप कपोलकल्पित र झुट भएको भन्दै  गलत रहेको उक्त आरोपको खण्डन गरे  ।

तर, यसै बीच सिनेमा ‘होस्टेल’की अभिनेत्रीले पनि फेसबुकमा स्टाटस लेख्दै सुनिल रावलको चरित्रले आफु पनि ‘होस्टेल’ ताका पिडित भएको कुरा बाहिर ल्याएपछी ‘सुनिल रावल काण्ड’ले उग्ररुप लियो । प्रकृतिले दुर्गिस फिल्मसको ‘होस्टेल’बाट डेब्यु गरेकी थिइन् । ‘होस्टेल’ गर्दा खेरि सुनिल रावलद्वारा आफु प्रति भएका गलत व्यबहारहरुलाई फेसबुकमा लेख्दै प्रकृतिले स्यारोनमा सहयोग गर्ने र यस्तो कुरा बाहिर ल्याउँनमा हिम्मत गरेकी स्यारोन प्रति धन्यवाद व्यक्त गरिन ।

यसैबीच संगीतकार हर्कुलस बस्नेतले पनि सुनिल रावलको गलत व्यबहारको बारेमा स्टाटस लेखे । नयाँ कलाकार तथा प्राविधिकलाई पेल्ने, काम गरेको पैसा नदिने, खराब सोचाईको मान्छे सुनिल रावलद्वारा आफु पनि पिडित भएको कुरा सामाजिक संजालमा पोस्ट गरे । त्यसयता चिया पसल, सिनेकर्मी भेटघाट हुने ठाउँहरुमा सुनिल रावलका बारेमा कुरा भैरहेका छन् ।

जसले जे भने पनि सुनिल रावल आफुप्रति लागेको आरोप स्वीकार्न तयार छैनन् । त्यसैले सोमबार कलाकार संघको कार्यालयमा स्यारोन र सुनिलले आइन्दा कसैको पनि व्यक्तिगत र व्यावसायिक जीवनमा आँच आउने अभिव्यक्ति नदिने भनेर कागजी रुपमा यो झगडा टुंग्याएका छन् । कागजमा टुंगिए पनि यो घटनाका हिरो को ? र, भिलेन को भन्ने कुरा पर्दाफास हुन् सकेको छैन । अहिलेलाई टुंग्याइएको यो घटनाको दोस्रो भाग आउने दिनमा पुन: नदोहोरिएला भन्न सकिन्न !

कागजी रुपमा यो झगडा टुंगिए पनि यसले सिने क्षेत्रमा प्रत्यक्ष असर पारेको व्यक्तित्वहरुको समिक्षा छ । नियतबस या सान्दर्भिक रुपमा सुनिल रावल माथि लागेको यो आरोपले सम्पूर्ण निर्मातालाई प्रश्न चिन्ह खडा गरिदिएको छ । र, नयाँ आउँने कलाकारलाई सजक हुन् प्रेरित गरेको छ ।