प्रिमियरमा तर्सायो ‘सुनकेसरी’ले, आजबाट देशभर तर्साउने

प्रिमियरमा तर्सायो ‘सुनकेसरी’ले, आजबाट देशभर तर्साउने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फ्राइडे रिलिज अन्तर्गत यो साता सोलो रुपमा नेपाली सिनेमा ‘सुनकेसरी’ रिलिज भएको छ । यो साता मल्टीप्लेक्सका अधिकाँस शोजसहित सिंगलमा पनि आक्रामक रुपमा प्रदर्शन भइरहेको छ ।

अर्पण थापा निर्देशित सिनेमाको बिहिबार राजधानीमा प्रिमियरसमेत गरिएको थियो । हरर सिनेमा भएकै कारण पहिलो पटक प्रिमियरमा भुतको पहिरण मा सजिएका युवतीहरु प्रस्तुत भए । जतिबेला प्रिमियरको माहोल गर्मागरम भएको थियो । प्रिमियर सकिए पश्चात सेलेब्सले सिनेमाको तारिफ गर्दै निक्लिए । ‘सुनकेसरी’ सचिक्कै डरलाग्दो सिनेमा बनेको रैछ ।’ सिनेमा हेरेर निक्लिएका पत्रकार, सेलेब्सको मुखमा यहिँ झुन्डिएको थियो ।

तीन पात्रहरुको भुतप्रेतसँग हुने चहलपहल माथि आधारित सिनेमामा ऋचासँगै रविन्द्र झा, सन्नी ढकाल, लॉरेन लॉफबर्गको मुख्य भूमिका छ ।

भिम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटाले निर्माण गरेको सिनेमामा कालीप्रसाद बाँस्कोटा/विजय अधिकारीको संगीत, रह शर्माको छायाँकन र इयान स्कॉट क्लेमेंटको सम्पादन रहेको छ ।