‘सुनकेसरी’को सुखद ओपनिङ, भोलिबाट शोजमा बढोत्तरी

‘सुनकेसरी’को सुखद ओपनिङ, भोलिबाट शोजमा बढोत्तरी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘सुनकेसरी’ले पहिलो दिन सुखद ओपनिङ गरेको छ । अर्पण थापा निर्देशित हरर सिनेमाले पहिलो दिन अलनेपाल ८० प्रतिशत माथि अकुपेन्सी गर्यो ।

पहिलो दिनको व्यापारलाई हेरेर मल्टीप्लेक्समा शोज पनि बढोत्तरी गरिएको छ । पहिलो दिन पाएको दर्शकको साथले उत्साहित भएकी अभिनेत्री तथा निर्मात्री ऋचा शर्माले द सिनेमा टाइम्ससँग खुसि साटिन ।

राजधानीको व्यापारलाई ९९ प्रतिशत अकुपेन्सी भन्न चाहन्छु । बाहिर पनि पोखरा, नेपालगंज लगायतका सबै स्टेसनमा करिब करिब हाउसफुल भएको रिपोर्ट प्राप्त भएको छ । बाँकी बाहिरको बारेमा त्यति बुझ्न सकिएको छैन । राजधानीको क्युएफएक्स च्यानलका स्टेसनमा १५ शोज बाट शनिबार र आइतबारको लागि १८ शोजमा बढोत्तरी भएको छ । र ति सबै शोज आजैनै सोल्डआउटमा पुग्ने अवस्था छ । अरु रिपोर्ट आउन बाँकी नै ।’ उनले भनिन् ‘पहिलो दिनको व्यापारले उत्साहित बनाएको छ ।’

त्यस्तै एफक्युबमा ४ बाट ६, बिएसआरमा ४ बाट ५,  क्युजमा २बाट ४ शोजमा बढाईएको छ ।

ऋचासँगै रविन्द्र झा, सन्नी ढकाल, लॉरेन लॉफबर्गको मुख्य भूमिका छ । सिनेमाले बिहिबार सम्पन्न प्रिमियरबाट पनि प्रशंसा बटुलेको थियो ।

भिम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटाले निर्माण गरेको सिनेमामा कालीप्रसाद बाँस्कोटा/विजय अधिकारीको संगीत, रह शर्माको छायाँकन र इयान स्कॉट क्लेमेंटको सम्पादन रहेको छ ।