अतित र सायाको प्रेम र विछोडको कथा ‘समर लभ’ टिजर रिलिज (भिडियो)

अतित र सायाको प्रेम र विछोडको कथा ‘समर लभ’ टिजर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ २५ गतेलाई प्रदर्शन मिती फाइनल गरेको सिनेमा ‘समर लभ’को टिजर सार्वजनिक गरिएको छ । सुविन भट्टराईको सर्वाधिक चर्चित उपन्यास समर लभ माथी निर्माण भएको सिनेमाको सार्वजनिक टिजरमा सिनेमाका प्रमुख पात्र अतित र सायाको प्रेम र विछोडलाई विषेश स्थान दिइएको छ । सिनेमाको सार्वजनिक टिजरमा केही घतलाग्दा संवादलाई राखिएको छ । जसले उपन्यासमा जस्तै सिनेमाको टिजरमा पनी दर्शकलाई आर्कषण गर्न सक्छ ।

नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले मिलेर निर्माण गरेको सिनेमाका कार्यकारी निर्माता बिनोद अधिकारी हुन् । भने सिनेमामा सपन सरकार र मनोज बिक सह निर्माताको रुपमा रहेका छन् । ‘समर लभ’मा सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

मुस्कान ढकालले निर्देशन गरेको सिनेमामा चर्चित उपन्यास समर लभका लेखक सुविन भट्टराईको कथा, सामिप्यराज तिमिल्सेना र सुविन भट्टराईको पटकथा तथा संवाद, पुष्पन प्रधानको संगीत, कोरियोग्राफी कविराज गहतराज, छायाँकन मानकृष्ण महर्जन, संजय लामाको डिओपी, अर्जुन जिसीको सम्पादन रहेको छ ।