चिनमा सुल्तानलाई ११००० पर्दा, बन्यो नयाँ रेकर्ड

चिनमा सुल्तानलाई ११००० पर्दा, बन्यो नयाँ रेकर्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड सिनेमा ‘सुल्तान’ ३१ अगीटबाट चिनमा रिलिज हुन्दैछ । सलमान खान र अनुष्का शर्मा अभिनित सिनेमाको नयाँ पोस्टरमा चिनियाँ भाषामा ‘सुल्तान’ लेखिएको छ । भारतमा धेरै रेर्कड ब्रेक गर्न सफल सिनेमाले चिनमा कस्तो व्यापार गर्ला भन्ने चर्चा अहिले बलिउडमा हुन थालेको छ ।

‘सुल्तान’को निर्माण टिमले सिनेमाको चिन प्रर्दशनमा निकै मेहनत गरिरहेको छ, ताकी सिनेमाले चिनमा राम्रो व्यापार गर्न सकोस । यो सिनेमा चिनमा पनि ‘सुल्तान’ कै नामबाट रिलिज हुनेछ । योसँगै सिनेमाको चिन वितरण मा यशराज फिल्म्सले चिनको वितरण कंम्पनी ई-स्टारसँग सहकार्य गरेको छ । ट्रेड एनालिस्ट तरण आर्दशका अनुसार ‘सुल्तान’ चिनमा अहिले सम्मकै सर्वाधिक ११००० पर्दामा रिलिज हुने र हरेका दिन सिनेमाको ४०,००० हजार शो गरिने जानकारी दिए ।

सुल्तानले भारतमा जम्मा ५१०० पर्दामा रिलिज भएको थियो । यस्तै टाइगर जिन्दा हैलाई ४६०० पर्दा र आमिर दानको दंगललाई भारमा ५३०० पर्दामा रिलिज गरिएको थियो । तर यसअघि चिनमा रिलिज भएका बलिउड सिनेमा मध्धे सवैभन्दा बढि ९००० पर्दामा ‘दंगल’ रिलिज गरिएको थियो । ‘दंगल’को रेर्कड ब्रेक गर्दै ‘सुल्तान’ले चिनमा ११००० पर्दामा रिलिज हुने पहिलो बलिउड सिनेमा बनेको छ ।