अनुष्का र वरुण स्टारर ‘सुई धागा : मेड इन इन्डिया’ को ट्रेलर रिलिज

अनुष्का र वरुण स्टारर ‘सुई धागा : मेड इन इन्डिया’ को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

अनुष्का शर्मा र वरुण धवन स्टारर सिनेमा ‘सुई धागा : मेड इन इन्डिया’ को ट्रेलर लञ्च भएको छ ।सिनेमाको प्लट कहिँ न कहिँ महात्मा गान्धीको ‘मेड इन इन्डिया’ विचारबाट प्रेरित देखिन्छ । ट्रेलरमा फिल्मको कहानीलाई निकै सुन्दर तरिकाबाट बयान गरिएको छ । मौजी बनेका वरुण र ममता बनेकी अनुष्काको जिन्दगीको कहानी र उनीहरुको स्ट्रगसलाई देखाइएको छ ।

यस सिनेमाका लागि वरुण र अनुष्का दुवैले सिलाई-बुनाईको तालिम लिएका थिए । ग्रामीण पृष्ठभूमिसँग जोडिएको फिल्ममा अनु मलिकको सोलो संगीत छ । यस फिल्मको बढी जसो छायांकन मध्य प्रदेशमा भएको हो । मनीष शर्मा निर्मित सिनेमाको रिलिज डेट गान्धी जयन्तीको दिन राखिएको छ । फिल्म २८ सेप्टेम्बरमा रिलिज हुँदैछ । यशराज फिल्म्सको ‘सुई धागा : मेड इन इन्डिया’मा वरुण-अनुष्का पहिलो पटक सँगै देखिएका हुन् ।

उक्त सिनेमाको निर्देशन शरत कटारियाले गरेका हुन् । फिल्ममा वरुण र अनुष्का पति-पत्नी बनेका छन् । शरतले यसभन्दा अगाडि ‘दम लगाके हइसा’ जस्ता सुपरहिट फिल्म बनाइसकेका छन् ।