माग्ने पछी सुदर्शनको सिनेमामा तक्मे बुढा र रविन्द्र फाईनल

माग्ने पछी सुदर्शनको सिनेमामा तक्मे बुढा र रविन्द्र फाईनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमाका हेवीवेट निर्देशक मध्येका सुदर्शन थापाले निर्देशन गर्ने अनटाइटल सिनेमा विगत केहि महिना देखि चर्चामा छ ।

सिनेमासँग सम्वन्धित विभिन्न समाचारहरु बाहिरिदै जाँदा चर्चा अझ बढेको छ । केहि दिन अगाडी हाँस्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ उक्त सिनेमामा १० लाखमा अनुबन्धित भएपछी चर्चा थप चुलिन पुग्यो । अब सिनेमाको बारेमा नयाँ जानकारी बाहिरिएको छ ।

सुदर्शनले दिएको जानकारी अनुसार सिनेमामा दुई चर्चित कलाकार पनि फाईनल भएका छन् । यी दुई कलाकारको संलग्नताले सिनेमाको जानरा पनि पुष्टि गरेको छ । विल्सनविक्रम राई र रविन्द्र झा सिनेमामा अनुबन्धित भएपछी यो कमेडी जानराको सिनेमा हुन सक्ने अनुमान गर्न गरिएको छ । तर, यसबारे सुदर्शनले मुख खोलेका छैनन् ।

सिनेमाको लागी मुख्य अभिनेत्री स्वरूप पूजा शर्मा र संगीतकार अर्जुन पोखरेल यसअघिनै अनुबन्धित भैसकेका छन् । उसो पूजा सिनेमाको निर्मात्रीसमेत हुन् । माघ अन्तिम साताबाट छायाँकनमा उत्रिने सिनेमा अहिले प्रि-प्रोडक्सनमा छ ।

सुदर्शन र पूजाले ‘प्रेमगीत’ र ‘म यस्तो गीत गाउँछु’ गरि दुई सिनेमा लगातार हिट दिईसकेका छन् । ह्याट्रिकको दौडमा रहेका यी दुईलाई नयाँ सिनेमाले सकारात्मक नतिजा दिने सिनेवृतमा चर्चा सुरु भैसकेको छ ।

यो पनि पढ्नुहोस्

सुदर्शनको नयाँ सिनेमामा माग्ने बुढा १० लाखमा अनुबन्धित