केन्द्रिय सदस्यमा भिड्दै गरेकी रेखाको राप्रपा महाधिवेशनमा देखिएको फेसन स्टाइल

केन्द्रिय सदस्यमा भिड्दै गरेकी रेखाको राप्रपा महाधिवेशनमा देखिएको फेसन स्टाइल

द सिनेमा टाइम्स
0
Shares

नेपाली फिल्म क्षेत्रमा आफ्नै नाममा फिल्म चलाउने हैसियत रहेकी एक मात्र अभिनेत्री रेखा थापाले राप्रपा प्रवेश गर्दै सक्रिय राजनीतिक यात्रा यसै वर्षदेखी सुरू गरेकी छन्।काठमाडौंमा राप्रपाको महाधिवेशन जारी छ र रेखाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकी छन्। उनी विगत ३ दिनदेखी आफ्नो चुनाव प्रचारमा व्यस्त छिन्।

महाधिवेशनमा अन्य उम्मेदवार मत माग्नमा व्यस्त भएपनि रेखा मत माग्नेसँगै पार्टी कार्यकर्तासँग सेल्फी र फोटो खिच्न पनि व्यस्त हुनुपरेको छ।ग्ल्यामर पृष्ठभूमी बोकेकी रेखाको चुनाव प्रचारमा पनि ग्ल्यामर गज्जबको देखिएको छ। उनले लगाएका पहिरनले उनलाई धेरै खुलाएको छ। महाधिवेशन उद्घाटनको पहिलो र दोस्रो दिन साडीमा सजिएकी रेखा तेस्रो दिन भने कुर्तामा थिइन्। महाधिवेशनमा आज पदाधिकारी चयनमा निर्वाचनको कार्यक्रम रहेको छ।

जीतका लागि रेखालाई शुभ-कामना!

तस्विरमा हेर्नुस् पछिल्ला ३ दिनमा कस्ती देखिएकी थिइन् रेखा: