बक्सअफिसमा आलियालाई उछिनन् श्रद्धाले !

बक्सअफिसमा आलियालाई उछिनन् श्रद्धाले !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – श्रद्धा कपुर अभिनित सिनेमा ‘स्त्री’ले कमाइको मामिलामा आलिया भट्टको सिनेमा ‘राजी’लाई भारतिय वक्सअफिसमा उछिनेको छ।

१२३.७ करोड कमाइ गरेको ‘राजी’लाई ‘स्त्री’ले १२५.५७ करोड भारू कमाउँदै पछि पारेको हो। दुबै सिनेमाले ५ सातामा यति कमाइ गरेका हुन्। दुबै महिला केन्द्रित सिनेमामा उनीहरूको काम र कथाको प्रशंसा भएको थियो ।

‘राजी’ भारतका लागि पाकिस्तानी सैन्य अधिकारीसँग विवाह गरेर पाकिस्तान गएकी एक कश्मिरी युवतीको जीवनीमा आधारित सिनेमा हो भने ‘स्त्री’ पनि एक सत्यघटनामा आधारित सिनेमा हो।