कम बजेटको ‘स्त्री’ले कमायो सय करोड

कम बजेटको ‘स्त्री’ले कमायो सय करोड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउडमा सानो बजेटमा निर्माण भएको सस्पेन्स हरर, कमेडी सिनेमा ‘स्त्री’ले कमाईमा उछाल ल्याएको छ । श्रद्धा कपुर र राजकुमार राव स्टारर सिनेमा ‘स्त्री’ले मात्र १६ औं दिनमा सय करोड क्लबमा प्रवेश भएको छ । योसँगै ‘स्त्री’ वर्ष २०१८ मा सय करोड कमाउने ९ औं सिनेमा बनेको छ । २४ करोड भारुमा निर्माण भएको सिनेमा हो ‘स्त्री’ ।

रिलिजको दिन सिनेमाले ६.८२ करोड भारूको कमाइ गरेको थियो। पहिलो सातामा ६०.१४ करोड भारू कमाइ गरेको सिनेमाले रिलिजको दोश्रो सातामा ३५.१४ करोड कमाउन सफल भयो। त्यसअघि रिलिज भएको ‘गोल्ड’ले पनि सय करोड कमाइ गरेको थियो। यस वर्ष बलिउडमा अप्रिल तथा जुलाई महिना छाडेर हर महिना कम्तीमा एक सिनेमाले सय करोडको आँकडा पार गर्न सफल भएका छन्।

सिनेमा ‘स्त्री’ एक सत्य घटनामा आधारित भएको बताइन्छ। ‘स्त्री’ अमर कौशिकको डेब्यू निर्देशकिए सिनेमा हो।