‘पहिलो नम्बरमा’ गीतलाई करोड भ्यूअर्स, केक काटेर मनाइयो खुसियाली !

‘पहिलो नम्बरमा’ गीतलाई करोड भ्यूअर्स, केक काटेर मनाइयो खुसियाली !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपालमा सर्वाधिक सफल सिरिज ‘छक्का पञ्जा’को तेस्रो सिक्वेल निर्माण घोषणासँगै चर्चामा रहेको छ । यो सिनेमाका दुई सिरिज लगातार सुपरहिट भएका थिए । भने यसमा समावेश गीत, संगीत पनि उत्तिकै बजारमा हिट भए । यो सिरिजमाका गीत, संगीतले सिनेमा बजारमा आफ्नै किसिमका रेर्कड बनाएका छन् ।

यस्तै वर्ष २०५७ को दशैँमा रिलिज हुने सिनेमा ‘छक्का पञ्जा ३’को पहिलो गीत ‘पहिलो नम्बरमा’ले सिनेमा रिलिज अगावै सफलता कायम गरेको छ । यो गीतले युटयुबमा सार्वजनिक भएको ३७ दिनमै करोड माथी भ्युज बटुल्न सफल भएको छ । निमार्ण टिमले बिहिबार काठमाडौमा एक कार्यक्रमको आयोजना गर्दै गीतले सिनेमा प्रदर्शन अगावै करोड भ्युज बटुलेको खुशीयाली करोडको केक काटेर मनाएको छ ।गजबको संयोग के भयो भने गीतले करोड भ्यूज पाउनु र यसका संगीतकार दीपक शर्माको जन्मदिन एकैदिन परेको छ । निर्माण टिमले करोड भ्यूजको केकसँगै संगीतकार शर्माको जन्मदिन पनि एकसाथ मनाएको छ । निर्देशक दीपाश्रीले गीतले पाएको सफलताले हर्षित भएको बताइन् । निर्माता, कलाकार तथा लेखक दीपाकराज गिरीले गीतबाट पाएको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको बताउँदै सिनेमा पनि उत्कृष्ट बनेको बताए । विन्दु परियार र डेभिड शंकरको स्वर रहेको ‘पहिलो नम्बरमा’ गीतलाई राजेन्द्र थापाले लेखेका हुन् ।

दीपकराज गिरी, केदार घिमिरे, संजोग कोइराला, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ, स्वस्तिमा खड्का, बर्षा राउत र दीपाश्री निरौलालाई यो गीतको भिडियोमा हेर्न सकिन्छ । गीतका कोरियोग्राफर कविराज गहतराज हुन् ।सिनेमामा दीपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको ‘छक्का पञ्जा ३’ ले कमेडी कथामा सामाजिक सन्देश बोकेको बताइएको छ ।