दिदि-भाईको भिडन्तमा कसको जित ?

दिदि-भाईको भिडन्तमा कसको जित ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ –  यो साता बलिउडका दुई सिनेमा प्रदर्शनमा आए, ‘वीरे दि वेडिङ’ र ‘भावेश जोशी सुपरहिरो’ । यी दुई सिनेमाको भिडन्त बलिउडमा खास थियो । किनकी, ‘वीरे दि वेडिङ’ मा सोनम कपूरको मुख्य भूमिका थियो भने, ‘भावेश जोशी सुपरहिरो’मा हर्षवर्धन कपूरको । कति दर्शकलाई थाहा नहुन सक्छ सोनम र हर्षवर्धन दिदि-भाई हुन् ।

बक्स अफिसमा दिदि-भाई भिडन्त कस्तो होला भन्ने सबैमा उत्सुकता थियो । र, दुई दिनको व्यापारिक आँकडा सार्वजनिक हुँदा यो भिडन्तमा कसको जित र कसको हार भयो ?  भन्ने टुंगो लागिसकेको छ । दुई दिनको व्यापारलाई हेरेर ‘वीरे दि वेडिङ’लाई हिट र ‘भावेश जोशी सुपरहिरो’लाई सुपरफ्लप भन्न मिल्छ । यो नतिजासँग व्यापार, समिक्षा र दर्शक प्रतिक्रिया जोडिएका छन् ।

समिक्षक र दर्शकबाट मिस्रित प्रतिक्रिया पाएको ‘वीरे दि वेडिङ’को दुई दिने भारत कलेक्सन २२. ९५ करोड छ भने, ‘भावेश जोशी सुपरहिरो’ले दुई दिनमा १ करोड पनि कमाउन सकेन । २५ लाखको ओपनिङ गरेको सिनेमाले दर्शक र समिक्षकबाट पनि झुर प्रतिक्रिया पाएको छ । ‘वीरे दि वेडिङ’ ४५ करोडको बजेटमा निर्माण भएको हो । भने ‘भावेश जोशी सुपरहिरो’को लगानी २० करोड छ ।

यसअर्थमा दिदि-भाईको भिडन्तमा सोनमले बाजी मारेकी छन् । भने, हर्षवर्धनको दोस्रो सिनेमा पनि फ्लप सावित भएको छ । हर्षवर्धनले २०१६ मा ‘मिर्ज्या’बाट डेब्यु गरेका थिए । जुन सिनेमा पनि सुपरफ्लप बनेको थियो । सोनम र हर्षवर्धन सुपरस्टार अनिल कपूरका सन्तान हुन् । अनिल स्टारर ‘रेस ३’ जुन १५ रिलिज हुँदैछ ।