Sold Out: चाम्सको ‘ह्याप्पी डेज’ र ‘ब्लाइन्ड रक्स’को अष्ट्रेलिया राइट्स भयो बिक्री

Sold Out: चाम्सको ‘ह्याप्पी डेज’ र ‘ब्लाइन्ड रक्स’को अष्ट्रेलिया राइट्स भयो बिक्री

द सिनेमा टाइम्स
0
Shares

मिलन चाम्स निर्देशित दुई फिल्महरु ‘ह्याप्पी डेज’ र ‘ब्लाइन्ड रक्स’ अष्ट्रेलियामा सोल्ड आउट भएको छ । ‘ह्याप्पी डेज’को भर्खरै छायाँकन सकिएको हो भने ‘ब्लाइन्ड रक्स’को छायाँकन हुंन बाँकी छ ।

जानकारीमा आए अनुसार त्यहाँको नमस्ते ईन्टरटेनमेन्टका प्रमुख विनोद पौडेल र चाम्स ईन्टरटेनमेन्टका मिलन चाम्सबिच दुई फिल्म प्रदर्शन गर्ने सहमती पत्रमा हस्ताक्षर भएको हो । निर्देशक तथा निर्माता चाम्सका अनुसार ‘ह्याप्पी डेज’ लाई अगस्टतिर अष्ट्रेलियामा रिलिज गरिनेछ ।

‘ह्याप्पी डेज’को अहिले सम्पादन कार्य भईरहेको छ भने यसको सम्पादन सकिएपछी ‘ब्लाइन्ड रक्स’ को सुटिङ सुरु हुनेछ । निकेश लिम्बुको निर्माण रहने  यो फिल्ममा वेनिशा हमाल, अर्पण थापा, नाजिर हुसेन र गौरी मल्ल मुख्य भूमिकामा प्रस्तुत हुदैछन ।  आफ्नो आँखाको ज्योती गुमाएकी नेपाली युवती श्रृष्टि केसीको जीवनीमा यो फिल्म बन्नेछ ।

अधिकांश सुटिङ लण्डनमा गरिएको फिल्म ‘ह्याप्पी डेज’ले तीन युवाको पैसा कमाउने सपना र उनीहरुको प्रेमको कथा पेश गर्छ । फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता र नव नायक विक्की जोशीको मुख्य भूमिका रहेको छ भने मोनिका गुरुङ, रुपा पुन र रितेश चाम्सको पनि फिल्ममा महत्वपूर्ण भूमिका रहेको छ । यो फिल्ममा बिपी खनाल, भवानी शर्मा, हिरल जोशी र निर्देशक चाम्सको संयुक्त निर्माण सहकार्य रहेको छ ।