मल्टीस्टारर ‘संरक्षण’ले तय गर्यो रिलिज मिति

मल्टीस्टारर ‘संरक्षण’ले तय गर्यो रिलिज मिति

द सिनेमा टाइम्स
0
Shares

निखिल उप्रेती र सौगात मल्ल स्टारर फिल्म ‘संरक्षण’को रिलिज मिति तय भएको छ । बनेको लामो समयसम्म पनि रिलिज हुन् नसकेको फिल्म अब साउन १३ मा आउने भएको छ ।  साउन १३को मितिमा यसअघिनै रामशरण पाठक निर्देशित फिल्मले रिलिज मितिको  झण्डा गाडीसकेको थियो । पुणेन्दु झाले निर्देशन गरेको ‘संरक्षण’मा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मी लगायत लिड अभिनयमा छन् । फिल्मलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् ।