आफु हाँस्दै, अरुलाई हँसाउने कंगना (भिडियो)

आफु हाँस्दै, अरुलाई हँसाउने कंगना (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ। बलिउड अभिनेत्री कंगना रनाउतको नाम सुन्न बितिकै महिला प्रधान फिल्मको स्मरण हुन्छ । कंगनाले अभिनय गर्ने हरेक फिल्ममा स्टार अभिनेताको सक्रियता हुदैन । अभिनयबाटै दर्शक हलसम्म तान्ने अभिनेत्रीको पहिलो नम्बरमा कंगनानै पर्छिन । त्यसैले यी अभिनेत्रीलाई ‘बलिउड क्विन’ पनि भन्ने गरिन्छ ।

दर्शकलाई अभिनयबाटै मनोरन्जन दिने कंगनालाई यो बर्ष फिल्म ‘सिमरन’मा देख्न पाइनेछ । र, नजिकिएको रिलिज मितीलाई मध्यनजर गर्दै यो फिल्मको टिजर सार्वजनिक गरिएको छ । जहाँ कंगना बिन्दास र चुलबुले भूमिकामा देखा परेकी छन् । टिजरमा देखिएको उनको प्रस्तुतीले जो कोहिलाई पनी आकर्षण गर्न सक्छ ।

निर्देशक हंसल मेहताका अनुसार कंगना फिल्ममा अमेरिकामा बस्ने एक गुजराती महिला गृहस्थी ‘प्रफुल पटेल’ उर्फ ‘सिमरन’को भूमिका प्रस्तुत हुनेछिन । ‘सिमरन’ले फिल्ममा आफु हाँस्दै, अरुलाई कसरी हँसाउने भन्ने कुराको जानकारी दिनेछन् । फिल्म सेप्टेम्बर ५ मा रिलिज हुदैछ ।