रणवीर र सारा स्टारर ‘सिम्बा’ ट्रेलर रिलिज (भिडियो)

रणवीर र सारा स्टारर ‘सिम्बा’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रणवीर सिंह स्टारर सिनेमा ‘सिम्बा’को ट्रेलर सार्वजनिक गरिएको छ । पूर्ण कमर्सियल ट्रेलरको अन्त्य र सुरुवातमा ‘सिंघम’ अभिनेता अजय देवगणलाई पनि प्रस्तुत गरिएको छ ।

सिनेमाको कथा सुपरहिट सिनेमा ‘सिंघम’बाट उठाइएको छ । तर सिम्बा तेलेगु सिनेमा टेम्परको रिमेक हो । ट्रेलरको सुरुवातमा अजयले ‘सिंघम’का केहि दृश्य सम्झदै ‘सिम्बा’को परिचय दिन्छन । तब, रणवीर उर्फ ‘सिम्बा’को इन्ट्री हुन्छ । ‘सिंघम’ जस्तै पुलिस भएपनि ‘सिम्बा’ले पैसाको लागि यो पेसा अंगालेको ट्रेलर,मा देखाइएको छ । जहाँ ‘सिंघम’ यसको विरोधमा थिए ।

सिनेमामा रणवीरको अपोजिट उदाउँदो स्टार अभिनेत्री सारा अलि खान छिन् । साराको यो दोस्रो सिनेमा हो । डेब्यु सिनेमा ‘केदारनाथ’ आगामी शुक्रबार रिलिज हुँदैछ । पहिलो सिनेमा रिलिज पुर्व नै अत्याधिक चर्चा कमाएकी साराबाट बलिउडले निक्कै आशा गरेको छ ।

करण जोहरले निर्माण गरेको ‘सिम्बा’लाई रोहित सेट्टीले निर्देशन गरेका हुन् । बलिउड बक्सअफिसका बादशाह मानिने रोहितको ‘सिम्बा’ले पनि बक्सअफिस तताउने अनुमान गरिएको छ । सिनेमा आगामी डिसेम्बर २८ तारिख नयाँवर्षको अवसरमा रिलिज हुँदैछ ।