‘सुश्री सम्पत्ती’ गीत रिलिज

‘सुश्री सम्पत्ती’ गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – सलोन बस्नेत, विनोद न्यौपाने र सारा सिर्पाली स्टारर सिनेमा ‘सुश्री सम्पत्ती’को आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमामा समावेश ‘हुकुम बक्सियोस्’ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य तीन पात्रलाई राजा, सेनापती र रानीको गेटअपमा प्रस्तुत गरिएको छ ।

सिनेमाको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा विशाल राई र मेलिना राईको स्वर छ । राहुल इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता रमेश त्वयना हुन् । ‘सुश्री सम्पत्ती’लाई विज्ञान राई, नुनम सुब्बा र रमन शिलाकारले मिलेर निर्माण गरेका हुन् ।

यो सिनेमालाई संचारकर्मी सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । ‘सुश्री सम्पत्ती’मा गम्भिर बिष्टको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायांकन, भरत रेग्मीको सम्पादन रहेको छ ।

सिनेमामा सलोन बस्नेत, विनोद न्यौपाने, सारा सिर्पालीका अलवा प्रमोद अग्रहरी, राजाराम पौडेल, सुनिता श्रेष्ठ ठाकुर, रोशनी कार्की, सन्तोष खनाल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमामा प्रियंका कार्कीको बिशेष भुमिका रहेको छ ।