मंसिर २८ मा पुग्यो ‘सुश्री सम्पति’

मंसिर २८ मा पुग्यो ‘सुश्री सम्पति’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – केहि समय पहिले भाद्र २२ प्रदर्शनमा आउने भनेर चर्चा परिचर्चा गरिएको सिनेमा ‘सुश्री सम्पति’को रिलिज डेट पोस्टपोण्ड गरिएको छ । अब सलोन बस्नेत, बिनोद न्यौपाने र सारा सिर्पाली स्टारर सिनेमा ‘सुश्री सम्पति’ मंसिर २८ गतेबाट रिलिज हुने भएको छ ।

सिनेमाका निर्देशक तथा रंगपत्रकार सुब्रतराज आचार्यका अनुसार ‘सुश्री सम्पति’को पोस्ट प्रोडक्सनको काम सक्न केहि समय लागने भएकोले आफुले सिनेमाको रिजि पोस्टपोण्ड गरेको बताए । केहि दिन पहिले सार्वजनिक सिनेमाको ‘हुकुम बक्सियोस बोलको गीतले यतिवेला बजारमा राम्रो चर्चा पाइरहेको छ ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेका सिनेमामा सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपान, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । सिनेमालाई विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारले मिलेर निर्माण गरेका हुन् । सिनेमामा नायिका प्रियंका कार्की अतिथि भूमिकामा देखिने छिन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद रहेको सिनेमामा स्क्रिनप्ले अभिमन्यू निरवीकै रहेको छ ।