‘शुभलभ’ अफिसियल घोषणा

‘शुभलभ’ अफिसियल घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं –  सिनेमा ‘शुभलभ’ बन्ने भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमा बन्ने अफिसियल घोषणा गरिएको हो । यहि सिनेमाबाट युवा ज्यातिषको रुपमा चर्चित बनेका हरीहर अधिकारी नायक बन्ने भएका छन् । सिनेमामा उनको जोडीको रुपमा मिसटिन कृष्टिना पौडेलले सिनेमामा डेव्यु गर्दै छिन् ।

चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयको प्रस्तुती रहने सिनेमालाई धर्मराज शर्मा सुवेदीले निर्माण गर्ने भएका छन् । यो सिनेमालाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गर्नेछन् । उनले यसअघि ‘नारी’ नामक सिनेमा निर्माण तथा निर्देशन गरेका थिए ।

सिनेमामा अर्जुन पोखरेलको संगीत, राशन विक्रम भट्टराईको द्धन्द्ध, रामेश्वर कार्कीको छायाँकन हरीहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, रामजी लामिछानेको कोरियोग्राफी सिनेमामा रहने छ ।

‘शुभलभ’मा हरीहर र कृष्टिनाका अलवा सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झा, प्रदिप वास्तोला लगायतका कलाकारको अभिनय रहने छ । चैत्र १५ गतेबाट रिलिज हुने सिनेमाको काठमाडौं, पोखरा, अन्नपुर्ण बेस क्याम्प, इलाम लगायतका सुन्दर ठाउँमा छायांकन गरिने सिनेमाको एउटा गीतको दुवई तथा ब्याङकक्मा छायांकन गरिने निर्माण टिमले बताएको छ ।