साहो रिलिज चर्चा !

साहो रिलिज चर्चा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ – पछिल्लो समय साउथ इण्डियन फिल्मको बजार फैलिदो छ । यसलाई व्यापक बनाउन ‘बाहुबली’ सेरिजको मुख्य भूमिका छ । शंकर , एसएस राजमौली लगायत निर्देशित फिल्मले विश्वमै चर्चा पाउने गरेका छन् । पछिल्लो समय चर्चित फिल्म ‘२.०’ ले नोभेम्बर ३० लाई रिलिज डेट घोषणा गरेसँगै प्रभास अभिनित फिल्म ‘साहो’ को पनि चर्चा चलन थालेको छ ।

दोस्रो सेड्युल लिएर छायाँकनमा रहेको फिल्म डिसेम्बरमा आउने चर्चा बि-टाउनमा बढ्दो छ । फिल्मको एक्सनलाई केनी बेट्सले निर्देशन गरिरहेका छन् । मिसन इम्पोसिबल र ट्रान्सफर्मर जस्ता हलिउड फिल्म मात्र होइन केनीले साउथकै ‘२.०’ को एक्सन पनि कोरियोग्राफ गरिसकेका छन् ।

प्रभास भएकै कारण फिल्म प्रतिक्षित बनिरहेको छ भने यसमा श्रद्धा कपूर पनि छिन । योफिल्म साउथको तमिल र तेलगुसंगै हिन्दि भाषामा पनि रिलिज हुनेछ । यसैले गर्दा पनि फिल्मको चर्चा बढ्दो छ ।