मगर संस्कृतीमा आधारित ‘शिरफूल’को ट्रेलर रिलिज

मगर संस्कृतीमा आधारित ‘शिरफूल’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं –  आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि मंसीर २१ गते रिलिज हुने सिनेमा ‘शिरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ । मगर जातिको संस्कृतीलाई फोकस गरिएको ट्रेलरमा सिनेमाका मुख्य कलाकर प्राय सवैको अभिनय देख्न पाइन्छ ।

मगर्स क्रियसन इनभेस्टमेन्टको व्यानरमा निमार्ण भएको सिनेमालाई आर्शिवाद पुनले निर्माण गरेका हुन् । कमल एक्चाई मगरले निर्देशन गरेको सिनेमामा रुपा राणा, मरिष्का पोखरेल, देवराज आले, विनिता थापामगर, राज थापा, सुनिल रोक्का, नमिता तामाङ, पुजा गदाल, कमल एकचाई मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमाको शिर्ष गीत केहि महिना पहिले युट्युवमा सार्वजनिक गरिएको थियो । मरिष्का पोखरेललाई फिचर्ड गरिएको गीतलाई दर्शकले मनपराएका छन् ।