स्लिम सुन्दरी शिल्पा – फोटोफिचर

स्लिम सुन्दरी शिल्पा – फोटोफिचर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – छविराज प्रोडक्सनको ‘लज्जा’बाट नेपाली सिनेमामा डेब्यु गरेकी शिल्पा पोखरेल यो कम्पनिको ‘फेवरेट’ अभिनेत्री हुन् । उनका अधिकाँस सिनेमा यहिँ व्यानरबाट छन् । ‘हवल्दार सुन्तली र ‘किस्मत २’ हुँदै अहिले ‘मंगलम’सम्म आइपुगेकी छन् शिल्पा ।

यसपटक लगानीमा समेत हात हालेकी शिल्पा ‘मंगलम’को प्रचारमा निक्कै व्यस्त छिन् । यहिँ शुक्रबार अर्थात फागुन २५ बाट अलनेपाल रिलिज हुने सिनेमा अहिले चर्चा पनि छ । बुधबार सिनेमाको गीतले रिलिज अगावै १ करोड भ्युज क्रस गर्यो । यसैको सेलेब्रेसन कार्यक्रममा उपस्थित हुँदा शिल्पा अलि भिन्न देखिईन ।

छोटो कदकी भएपनि, बुधबारको कार्यक्रममा स्लिम सुन्दरी शिल्पा बनेर उपस्थित हुँदा पत्रकारहरुले जिब्रो टोके ! शिल्पा कसरि यति स्लिम र अल्गी भइन ?

कार्यक्रममा शिल्पाले ‘मंगलम’ राम्रो सिनेमा बनेकोले दर्शकलाई हेर्न आग्रहसमेत गरिन । उनले भनिन् “मंगलम’ भनेको मायाको मिठो फिलिंग्स हो । मन भित्रको मान्छेको लागि हामीले आफ्नो सुख खुसि त्याग गरेर उसलाई खुसि र सुखी बनाउछौ, भने त्यो नै ‘मंगलम’ हो ।’

तस्विर: कुशल राई