शेरबहादुर राजनीतिज्ञ होइन !

शेरबहादुर राजनीतिज्ञ होइन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – माघ १९ गतेबाट अलनेपाल रिलीज हुने सिनेमा ‘शेर बहादुर’ एक सन्की मान्छेको कथामा निर्माण भएको सिनेमा हो । नेपाल आर्मीबाट अवकाश प्राप्त एक आर्मीको कथामा यो सिनेमाको कथा रुमलिएको छ । जो एकदमै निडर, सन्की र बलियो ‘शेर बहादुर’नै सिनेमाको मुख्य पात्र हो ।

केन्द्रिय पात्र लक्ष्य प्राप्तीको लागी केही योजना बनाउँछ । जुन योजना भित्र रुमलीएका अन्य पात्रको अवस्था सिनेमामा चित्रण गरिएको छ । कथाको मुख्य भुमिकामा बरिष्ठ कलाकार सुनिल थापा, कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगाएतका कलाकारको अभिनय छ ।

सिनेमाको नाम सुन्दा राजनितीक बिषयसँग सम्बन्धीत जस्तो लागे पनि कुनै सम्बन्ध नरहेको बताईएको छ । ‘शेर बहादुर’को अधिकाशं छायाँकन सेटमा खिचिएको हो । भने, यो सेटलाई मात्रै २५ लाख बढि रकम खर्च गरिएको निर्माण टिमले बताएको छ । सिनेमालाई आर राजवंशीले निर्देशन गरेका हुन ।