‘शेरबहादुर’को टिजर

‘शेरबहादुर’को टिजर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – माघ १९ गते प्रदर्शन मिति तय गरेको सिनेमा ‘शेरबहादुर’को टिजर सार्वजनिक गरिएको छ । डेढ मिनेट लामो टिजरले सस्पेन्स, थ्रिल आभास गराउँछ । टिजरमा सिनेमाका प्रायजसो सबै कलाकारलाई प्रस्तुत गरिएको छ ।

आर राजबंशी निर्देशित सिनेमामा सुनिल थापा, कर्म, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । धिरज प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा गौरीशंकर धुन्जु र धिरज राजबंशीको लगानी छ । सिनेमामा कोशिस क्षेत्रीको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र प्रमोद क्षेत्रीको लेखन छ ।