‘शेरबहादुर’को प्रचारमा ‘शत्रुगते’ टिम

‘शेरबहादुर’को प्रचारमा ‘शत्रुगते’ टिम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – माघ १९ गतेबाट अलनेपाल रिलीज हुने सिनेमा ‘शेरबहादुर’को प्रर्दशन मिती नजिकीदै गर्दा सिनेमाको प्रचार-प्रसार तिब्र बनाइएको छ । निर्माण टिमले प्रचारका विभिन्न उपायहरु प्रयोग गर्दै सिनेमाका पोस्टरहरु काठमाण्डौमा सञ्चालित सफा ट्याम्पोहरुमा टाँस्ने काम पनि गरिरहेको छ ।

बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्माता गौरी शंकर धुजुको वारेमा बोल्दै ‘शेरबहादुर’को प्रमोशमा सहयोग गरेका छन । महजोडीले  ‘शेरबहादुर’ निकै राम्रो सिनेमा बनेको र नेपालमा पनि शेरबहादुर जस्तो सिनेमा बन्न सक्छ भन्ने जानकारी भिडियो मार्फत दिएका छन । विगत ४० बर्ष देखि नेपाली सिनेमा क्षेत्रमा अनवरत रुपमा लाग्दै आएका र अनुभवले पनि ४ दशक पार गरिसकेका निर्माता तथा छायाँकार गौरी शंकर धुजुले निर्माण गरेको सिनेमा ‘शेरबहादुर’  नेपाली सिनेमाका दर्शकका लागी एक अब्बल सिनेमा हुने महजोडीको दावी छ ।

यस्तै निर्माता तथा कलाकार दीपकराज गिरी, निर्देशक कलाकार दीपाश्री निरौलाले पनि ‘शेरबहादुर’ राम्रो बनेको र नेपाली सिनेमाको प्रतिक्षामा रहेका दर्शकले ‘शेरबहादुर’ हेर्दा निराश हुनु नपर्ने बताए । दीपक-दीपाका अनुसार लामो समयदेखि महजोडीसँग काम गर्दै आएका धुजुले निर्माण गरेको सिनेमा हलिउडबाट प्रभावित भएर निर्माण गरिएको भएपनि हलिउड सिनेमा भन्दा राम्रो बनेको बताए ।

यता चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘शत्रुगते’का निर्माता तथा प्रस्तुतकर्ता किरण केसीले आफुले कहिल्यै निर्माण गर्न नसकिने जानरामा ‘शेरबहादुर’ बनेको बताएका छन् । उनले नेपाली सिनेमा राम्रा हुदैनन् र नेपाली सिनेमा हेर्नै मन लाग्दैनन् भन्ने दर्शकहरुलाई पनि एक पटक ‘शेरबहादुर’ हेर्न आग्रह गरे ।

सस्पेन्स थ्रिलर सिनेमामा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारहरुको मूख्य भुमिका रहेको छ । सिनेमाका निर्देशक आर राजवंशि हुन् । भने, निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् । सिनेमामा कोशिश क्षेत्रीको संगीत, बसन्त श्रेष्ठको नृत्य, दिर्घ गुरुङ÷नारायण जिसीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ ।