बहुप्रतिक्षित ‘शत्रु गते’ ट्रेलर रिलिज

बहुप्रतिक्षित ‘शत्रु गते’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बहुप्रतिक्षित सिनेमा ‘शत्रु गते’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा एक प्रेसमिट गरि निर्माण पक्षले २ मिनेट ५२ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गर्यो ।

सिनेमाको टिजर यसअघिनै हलमा रिलिज भैसकेको थियो । मल्टीस्टार, गीत/संगीत र टिजरले गर्दा ‘शत्रु गते’ पछिल्लो समय चर्चामा रहेको सिनेमा हो । ‘जात्रा’ निर्देशक प्रदीप भट्टराई निर्देशित सिनेमा चैत ९ गते अलनेपाल रिलिज हुदैछ ।

सिनेमामा वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यका अलावा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, शुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।

महसञ्चारको व्यानरमा निर्मित सिनेमाको कार्यकारी निर्माता किरण केसी हुन् । सिनेमाका निर्मातामा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य रहेका छन् । सिनेमामा टंक बुढाथोकी/कालीप्रसाद बाँस्कोटाको संगीत, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज/प्रविन सिंहको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन र दिर्घ गुरुङ छायाँकन रहेको छ ।