युट्युबदेखि हलसम्म ‘शत्रुगते’, तर कसरि ?

युट्युबदेखि हलसम्म ‘शत्रुगते’, तर कसरि ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – घोषणादेखि नै चर्चामा रहेको सिनेमा ‘शत्रुगते’को टिजर रिलिज भएको छ ।

तर, टिजर हेर्न हलसम्म पुग्नु पर्नेछ । निर्माण टिमले प्रदर्शनरत सिनेमा ‘कृ’ हेर्ने दर्शकलाई उपहार स्वरूप हल टिजर सार्वजनिक गरेको जानकारी दियो । सिनेमाको ट्रेलर भने केहि सातामै युट्युबबाट सार्वजनिक हुनेछ ।

प्रतिक्षित सिनेमा रिलिज भएका बेला नयाँ सिनेमाको टिजर-ट्रेलर हलमा रिलिज गर्दा उक्त सिनेमाको प्रचारमा उल्लेख्य फाईदा हुने गर्दछ । त्यसैले ‘कृ’ रिलिजको फाईदा ‘शत्रुगते’ले उठाएको हो ।

चर्चित स्टारकास्टका कारण चर्चामा रहेको ‘शत्रुगते’लाई जात्रा निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । उसो सिनेमाका दुई गीतले बजार पिटीरहँदा ‘शत्रुगते’ प्रतिक्षित बन्दै गैरहेको छ ।

सिनेमामा समावेश ‘रुपै मोहनी…’ गीतलाई छोटो समयमै ८५ लाख बढी भ्युज मिलिसकेको छ । भने, ‘पिरतीको बर्को…’ बोलको गीत १ सातादेखि युट्युब ट्रेन्डीङ यथावत छ ।

महसंचारको व्यानरमा निर्मित सिनेमाका प्रस्तुतकर्ता किरण केसी हुन् । हरिबंश आचार्यको कथा, निर्देशक भट्टराई, दीपकराज गिरी र हरिबंशकै पटकथा रहेको सिनेमामा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , दीपक राज गिरी , दीपाश्री निरौला , किरण केसी , शिवहरी पौडेल , बशुन्धरा भुसाल , रमेश रंजन झा, प्रियंका कार्की , पल शाह , आँचल शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।

चैत ९ मा रिलिज हुने सिनेमामा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । दिर्घ गुरुङले खिचेको ‘शत्रुगते’लाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् ।